एक्यूफिट ‘डब्लू ९ बीटी कलिङ’ स्मार्टवाच नेपाली बजारमा सार्वजनिक

काठमाडौं । भारतीय स्मार्टवाच कम्पनी एक्यूफिटले नेपाली बजारमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको छ ।

कम्पनीले सस्तो मूल्यमा उच्च प्रविधि युक्त स्मार्ट वाच र स्मार्ट ब्याण्ड सार्वजनिक गरेको हो ।

यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचरहरु उपलब्ध छन्। एक्यूफिटका स्मार्ट वाचहरु स्टाइलिश हुनुका साथै अधिकांश रुपमा फिटनेसतर्फ केन्द्रित रहेका हुन्छन्।

यसबाहेक यी डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्ध अपडेट पाउन सकिन्छ।

यसमा रहेको ब्लूटूथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन(बिल्ट स्पीकरमार्फत् ब्लूटूथ कलिङको सुविधा उपलब्ध गराएको छ। यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिन्छ।

एक्यूफिट डब्लू ९मा थ्रीडी कर्भ्ड स्क्रीन, जिंक(म्याग्नेशियम एलोय बडी तथा राम्रो टच फङ्शन भएको डिस्प्ले दिइएको छ। यसको २४०/२४० पिक्सेलको १.३३ एचडी आईपीएस डिस्प्ले वाटर रेजिस्टेन्ट तथा आईपी ६७ डस्टप्रूफ सर्टिफिकेशनसहितको रहेको छ।

यसले दिनभर जस्तोसुकै मौसममा पनि स्मार्ट वाच नडराई प्रयोग गर्न सघाउ पुर्याउँछ। ‘हाल ठूला शहरी क्षेत्रमा मात्र नभई डिजजटल विश्वमा पहुँच पुग्न बाँकी ग्रामीण भेगका घरधुरीहरुको पनि क्रयशक्ति बढेको छ। हामीले प्रविधिमा दक्खल भएका युवा पींढीका लागि मात्र नभई अत्यावश्यक जानकारी लिन खोज्ने पाका उमेरका व्यक्तिका लागि पनि स्मार्ट वाच ल्याउने योजना बनाएका छौं’, एक्यूफिटका प्रवक्ताले भने।

एक्यूफिट डब्लू ९ को ब्याट्री २८० एमएएचको भएको र यसमा सुपर फास्ट उच्च स्तरको चिपसेट प्रयोग गरिएकाले एक पटकको चार्जमा लगातार प्रयोग गर्दा ७ देखि १० दिन ब्याट्री ब्याकअप रहनेछ भने ३० दिनको स्ट्याण्डबाइ तथा २ दिन लगातार ब्लूटूथ कलिङ गर्न सकिनेछ।

डब्लू ९ वाच आफसेआफ पहिचान गर्ने विभिन्न मोडहरुमार्फत् अधिकांश महत्वपूर्ण स्पोर्टिङ गतिविधिहरुको निगरानी गर्ने हिसाबले बनाइएको हो। यसले गतिविधिका आधारमा विभिन्न सिग्नलहरु लिएर अत्यधिक सही नतिजा प्रदान गर्दै प्रयोगकर्तालाई आवश्यक क्षेत्रमा सुधार गर्न सुझाव दिन्छ।

यो एक्यूफिट डब्लू ९ को नेपालमा बजार मूल्य ७४९९ रुपैयाँ तोकिएको छ। एक्यूफिट डब्लू ९ नेपालभरीका बजारहरुमा उपलब्ध रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here