यी हुन् सबैभन्दा बढी कमाउने ५ टिकटक स्टार, १ बर्षमा करोड आम्दानी

काठमाडौं,१० बैशाख । भिडियो सेयरिङ एप टिकटकबाट सबै भन्दा बढी कतिसम्म कमाइन्छ होला ? यो हामीले कल्पना गर्ने भन्दा निकै फरक हुनसक्छ । हालै फोब्स म्यागेजिनले सार्वजनिक गरेको रिपोर्ट अनुसार टिकटकबाट चर्चित टिकटकरहरुले ५ करोड ५० लाख डलर भन्दा बढी कमाएका छन् ।

टिकटकमा आकर्षक नृत्य, अडियो र क्रिएटिभ ह्याक्सलगायत भिडियो राखेर बर्षमा उनीहरुले ५ करोड ५५ लाख डलर भन्दा बढी कमाएका हुन् ।
टिकटकबाट विश्वमै सबैभन्दा बढी पैसा कमाउने टिकटक स्टार १७ बर्षकी चार्ली डेमेलियो हुन् । उनले एक बर्षमा १ करोड ७५ लाख डलर आम्दानी गरेकि छिन् ।

१३ करोड ९२ लाख भन्दा बढी फलोअर्स छन् । उनले टिकटकमा चर्चित हुनुअघि विभिन्न नृत्य प्रतिशपर्धामा भाग लिने गरेकी थिइन् । अहिले उनलाई टिकटककी रानीका रुपमा चिनिन्छ । उनका भिडियोहरुलाई विभिन्न चर्चित व्राण्डहरुले प्रायोजन गरेका छन् ।

त्यस्तै २० बर्षकी डिक्सी डिअमिलीयो दोश्रो नम्वरमा पर्छिन् । उनको ५ करोड ७३ लाख फलोअर्स छन् । उनले १ करोड डलर आम्दानी गर्ने बताइएको छ । उनी सबैभन्दा बढी आम्दानी गर्ने चार्ली डिमेलियोको दिदी हुन् । उनी सामाजिक सञ्जालका साथमा गायन क्षेत्रमा पनि लोकप्रिय छिन् । उनले सन २०२१ मा दुई ओटा गित सार्वजनिक गरेकी थिइन् ।

एडिसन रेई टिकटकबाट विश्वमै सबैभन्दा बढी आम्दानी गर्नेमा तेस्रो नम्बरमा पर्छिन् । उनले गत बर्ष टिकटकबाट ८५ लाख डलर आम्दानी गरिन । उनको ८ करोड ७४ लाख फलोअर्स पुगेका छन् । उनले २०१९ मा टिकटक अकाउण्ट खोलेकी थिइन् । शुरुमा आफ्नो आमासँग नृत्य गरेको भिडियो राखेकी उनी २०२० मा विश्वकै सबैभन्दा बढी आम्दानी गर्ने टिकटक स्टारको दोश्रो नम्बरमा थिइन् । उनले नेटफ्लिक्समा हि इज अल द्याट नामको फिल्ममा काम गरेकी छिन् ।

त्यस्तै २४ बर्षिय बेला पोर्चको ८ करोड ९२ लाख फलोअर्स छन् । उनले ५० लाख डलर आम्दानी गर्छिन् । लि सिङको एमटु वी भिडियोबाट सामाजिक सञ्जालको करोडपतीको यात्रा तय भएको थियो । २०२० मा उनको उक्त भिडियो टिकटकमा सबैभन्दा बढी पटक हेरिएको भिडियोको रेकर्ड बनेको थियो ।
उनले गुगल, प्राडा र टिन्डरसँग विज्ञापनहरू गरिसकेकी छिन्।

१९ बर्षीय जोस रिचर्डको २ करोड ५६ लाख फलोअर्स छन् । उनी २०२१ मा बसैभन्दा बढी आम्दानी गर्ने टिकटकर थिए । उनले विश्वमा पहिलो प्रभावशाली अरबपती बन्ने उद्देश्यसहित ग्रिफिन जोन्सन, नोआ बेक र पूर्व गोल्डम्यान साक्स लगानी बैंकर मार्शल स्यान्डम्यानसँग मिलेर एनिमल क्यापिटलको शुरुवात गरे । सो फर्मले उपभोक्ता, फिनटेक स्वास्थ्य र मिडिया क्षेत्रमा स्टार्टअपहरुलाई समर्थन गर्दै आएको छ । गत बर्ष जोस रिचर्डले ५० लाख आम्दानी गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here