कलाकारहरु काठमाडौंको मेयर बन्ने होडमा

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै उमेदवारी घोषणाको लहर आएको छ । सधैजस्तै काठमाडौं स्थानीय तह निर्वाचनको केन्द्रमा रहने गर्छ । यस पटक केही स्वतन्त्र उमेदवारका कारण काठमाडौंको चर्चा छ । त्यसमा पनि कलाकारहरु बढी स्वतन्त्र उमेदवारीका लागि होमिएका छन् । केही कलाकारलाई भने पार्टीले नै उमेदवार बनाएको छ ।

कलाकार मदनदास श्रेष्ठ, गायक तथा र्यापर बालेन शाह र पूर्वमिस नेवाः सुनिता डङ्गोल मेयर पदका चर्चित आकंक्षी हुन् । यसअघि भुवन केसीको नाम समेत मेयरको उमेदवारका रुपमा सिफारिस भएको थियो । तर, उनले भने आफु उमेदवार नबन्ने बताइसकेका छन् । श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौँ महानगरपालिकाको मेयरमा उम्मेदवार बनेका हुन् ।

महानगर समितिको बसेको बैठकले मेयरको उम्मेदवारका लागि कलाकार श्रेष्ठको नाम सिफारिस गरेको छ । पूर्वमिस नेवाः डङ्गोल काठमाडौँको मेयरका लागि स्वतन्त्र उम्मेदवार बनेकी छिन् । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिनेमा शाह समेत छन् । उनी स्ट्रक्चरल इन्जिनियरिङमा स्नातकोत्तर गरेका युवा ह्न. । ३१ वर्षे शाह सङ्गीत क्षेत्रमा सक्रिय छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here