कक्षा १२ को परीक्षा तालिका परिवर्तन

काठमाडौं, ११ वैशाख । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को निर्धारित परीक्षा समय तालिका परिवर्तन गरेको छ ।

जेठ १६ गतेदेखि २५ गतेसम्म हुने परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्मका लागि निर्धारण गरिएको थियो ।

तर परीक्षा बोर्डले समय परिवर्तन गरी बिहान ८ बजेदेखि ११ बजेसम्म हुने जनाएको छ । दिउँसो परीक्षा लिन लागेको भन्दै विरोध भएपछि परीक्षा समय परिवर्तन गरिएको छ।

विभिन्न सरोकारवाला निकायसँगको परामर्शपछि परीक्षा समय तालिका परिवर्तन गरिएको बोर्डले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here