एक महिनामा ५५ हजार बढीले लिए श्रम स्वीकृति, २० हजार धेरै श्रमिक सीपविहीन

Photo: THT

काठमाडौं, १३ वैशाख । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान चैत महिनामा मात्रै ५५ हजार ५२३ जनाले श्रम स्वीकृति लिएका छन् । जसमा ५० हजार १६० जना पुरुष र ५ हजार ३६३ जना महिला रहेका छन् ।

चैत महिनामा बाहिरिएका साढे ५५ हजारमध्ये २७ हजार १५६ जनाले नयाँ श्रम स्वीकति लिएका हुन् ।

श्रम स्वीकृति लिनेमा ३० हजार ६२४ जना दक्ष श्रमिक रहेका छन् । जसमा २७ हजार ८०१ जना पुरुष र २ हजार ८२३ जना महिला रहेका छन् ।

तथ्यांक अनुसार १३ जना उच्च दक्ष र ५८ जना व्यवसायीकले श्रम स्वीकृति लिएका छन् ।

१८ हजार ४५३ पुरुष र २ हजार ४१ जना महिला गरी जम्मा २० हजार ४९४ जना अदक्ष श्रमिकले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिने अर्धदक्ष श्रमिकको संख्या ४ हजार ३३४ जना रहेका छन् । जसमा ३ हजार ८४४ पुरुष र ४ सय ९० जना महिला रहेका छन् ।

विदेशमा सीपयुक्त जनशक्तिको माग निरन्तररूपमा बढे पनि नेपालबाट जाने कामदारमा सो अनुसार सीप र दक्षता बढ्न नसक्दा आम्दानी पनि बढ्न नसकेको विज्ञहरूको भनाइ रहँदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here