नागरिक स्टक डिलरले मुद्दती निक्षेपमा १८ करोड रुपैयाँ लगानी गर्ने

काठमाडौं । नागरिक स्टक डिलर कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले १८ करोड रुपैयाँ वाणिज्य बैंक र विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।

कम्पनीले एक सूचना प्रकाशन गर्दै १८ करोड रुपैयाँ राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’ र ‘ख’ बर्गका बैंक तथा वित्तीय संस्थाहरुमा मुद्दती निक्षेपमा लगानी गर्न इच्छुक भएको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफूले लिन चाहेको रकम, ब्याजदर र ब्याज भुक्तानी गर्ने समय उल्लेख गरी बैशाख २५ गतेसम्म शिलबन्दी प्रस्ताव बुझाउन कम्पनीले आह्वान गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here