विपद्का बेला फोन धेरै व्यस्त नगराइदिनुहोस : प्राधिकरण

सांकेतिक तस्वीर

२९ असार, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले विपद्का बेला टेलिफोन नेटवर्क धेरै लामो समय व्यस्त नराखिदिन सर्वसाधारणसँग आग्रह गरेको छ ।

भारी वर्षा र त्यसपछि आएको बाढी र पहिरोमा ठूलो जनधनको क्षति हुनुका साथै टेलिकमका पुर्वाधारमा पनि क्षति पुगेको छ । जसले गर्दा दूरसञ्चार सेवा समेत अवरुद्ध हुन पुगेको छ ।

प्राधिकरण अनुसार खासगरी प्रदेश नं १ र २ का अधिकांश स्थानमा रहेका अप्टिकल फाइवर चुडिने र विद्युत आपूर्ति बन्द भएको अवस्था छ ।

यसले गर्दा दूरसंचार सेवा अवरुद्ध हुन गएको हो । बीटीएस टावरहरु बन्द भएका कारण टेलिफोन सेवा अवरुद्ध भएको हो ।

प्राधिकरणले वैकल्पिक व्यवस्थामार्फत ती स्थानमा दूर सञ्चार सेवा सूचारु गर्ने प्रयास गरिरहेको र यस्तो विकल्पको क्षमता पनि कम हुने भएकाले लामो समय सेवा व्यस्त नराख्न र आपतकालिन अवस्थामा सहयोग गर्न प्राधिकरणले सबैलाई आग्रह गरेको हो ।

प्रभावित क्षेत्रमा उद्दारलाई प्रभावकारी बनाउन समेत संचारको ठूलो भूमिका रहने भन्दै प्राधिकरणले उक्त आग्रह गरेको हो ।

पूर्वि तराईका अधिकांश क्षेत्र जलमग्न भएपछि विद्युत आपूर्ति बन्द भएको हो । त्यसको असर दूरसञ्चार सेवामा समेत गर्ने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here