एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनी, पूँजी वृद्धिले अन्यलाई पनि दबाब

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र हिमालयन जनरल इन्स्योरेन्स आपसमा गाभिने भएका छन् । आपसमा गाभिनका लागि दुवै कम्पनीले बिहीबार समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

यसरी आपसमा मर्जरका लागि सहमति गरेर दुबै कम्पनीहरु बीमा इतिहासमै पहिलो कम्पनी बनेका छन् ।

बिहीबार मर्जरका लागि सम्झौता गरेका कम्पनीहरु सैद्धान्तिक सहमतिका लागि सम्भवत शुक्रवार बिमा समिति जाने स्रोतले बताएको छ ।

मर्जरपछि बन्ने नयाँ कम्पनीको नाम दुबै कम्पनीको अस्तित्व देखिने गरी राख्ने अनौपचारिक सहमति भएपनि टुङ्गो लागिसकेको छैन ।

यस्तै, कम्पनीको सेयर मिलान अनुपात (स्वाप रेसियो) समग्र सम्पत्ति तथा दायीत्व मुल्यांकन (डीडीए) पछि तय हुने पनि स्रोतले बताएको छ ।

करिब डेढ महिना अघि बिमा समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको छ । एक वर्षको समय दिएर समितिले कम्पनीहरुको चुक्ता पुँजी बढाएको हो ।

मर्जर तथा एक्विजिसनका लागि प्रोत्साहन गरी कम्पनीको संख्या घटाउने उद्देश्यले समितिले पुँजी वृद्धिको निर्णय गरेको थियो ।

मर्जर भएपछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी २ अर्ब ४३ करोड रुपैयाँ पुग्ने बताइएको छ । हाल एभरेष्ट इन्स्योरेन्सको चुक्ता पुँजी सवा एक अर्ब र हिमालयनको करिब १ अर्ब १७ करोड रुपैयाँ छ ।

चालु आर्थिक वर्ष भित्रै मर्जर प्रक्रिया पुरा गर्ने सहमति दुबै पक्षबीच भएको स्रोतले बताएको छ ।

बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीहरू मर्जमा जान लागेका हुन् । दुवैले हकप्रद सेयर निष्कासन नगरी मर्जमा जाने बाटो रोजेका छन् ।

दुवै संस्थाको एमओयूले अब अन्य कम्पनीलाई पनि मर्जमा जान दबाब सिर्जना हुनेछ ।

हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here