हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्सबीच मर्जर सम्झौता, चुक्ता पूँजी २ अर्ब ४२ करोड पुग्ने

काठमाडौं, २३ वैशाख । हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्स बीच एक आपसमा मर्जरमा जाने भएका छन् । दुई कम्पनीबीच बिहीबार मर्जर सम्बन्धी प्रारम्भिक समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो ।

मर्जर सम्बन्धी समझदारी पत्रमा एभरेष्ट इन्स्योरेन्सका अध्यक्ष राजिव सापकोटा र हिलमायन जनरलका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

बीमा समितिले पूँजी वृद्धिको योजना ल्याएसँगै पहिलोपटक दुई कम्पनी बीच मर्जरमा जाने सहमति गरेका हुन् । दुई कम्पनी बीच १ः१ सेयर अनुपातमा मर्जरमा जाने जनाइएको छ ।

बीमा समितिले गत महिना बीमा कम्पनीहरुको पूँजी दोब्बरले वृद्धि गराएको थियो । समितिले जीवन बीमाको चुक्ता पूँजी ५ अर्ब र निर्जीवन बीमाको २ अर्ब ५० करोड पुर्याएको थियो । सोही अनुसार चुक्ता पूँजी पुर्याउनु पर्ने दबाब भएपछि दुई कम्पनीले मर्जरमा जाने सहमतिमा पुगेका हुन् ।

हाल हिमालयनको चुक्ता पूँजी १ अर्ब १७ करोड ३५ लाख रुपैयाँ छ भने एभरेष्टको चुक्ता पूँजी १ अर्ब २५ करोड ४६ लाख रुपैयाँ छ । मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुग्नेछ ।

बीमा समितिले निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको न्यूनतम चुक्ता पुँजी दुई अर्ब रुपैयाँ तोकेको छ । समितिले २०७९ चैतभित्र चुक्ता पुँजी न्यूनतम दुई अर्ब रुपैयाँ पुर्याउन समयसीमा समेत दिएको छ ।

बीमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुवै कम्पनीहरू मर्जमा जान लागेका हुन् । दुवैले हकप्रद सेयर निष्कासन नगरी मर्जमा जाने बाटो रोजेका छन् । दुवै संस्थाको एमओयूले अब अन्य कम्पनीलाई पनि मर्जमा जान दबाब सिर्जना हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here