इच्छाराज तामाङको सिटीसी मल लिलामीमा

काठमाडौं, २६ बैशाख । घरजग्गा व्यवसायी इच्छाराज तामाङको सुन्धारामा रहेको सिटीसी मल लिलामीमा गएको छ ।

कर्मचारी सञ्चयकोषको ऋण नतिरेपछि कोषले धितोमा राखिएको सिटीसी मल ३५ दिने लिलामीको सूचना जारी गरेको हो ।

कोषले १३२ ओटा सटर सहितको भवन लिलामीको सूचना प्रकाशित गरेको हो । जग्गाको क्षेत्रफल मात्रै ६ रोपनी रहेको छ ।

सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङको सिटीसी मल लिलामीका लागि गत पुस देखि नै सञ्चय कोषले मूल्याङ्कन प्रक्रिया अघि बढाएको थियो ।

कर्जा चुक्ता गर्न दिएको ३५ दिने सूचनाको समय सीमा सकिदा पनि ऋणी सिभिल स्टेट्स प्रालिका प्रतिनिधि तथा जमानीकर्ता ऋणचुक्ता गर्न नआएकोले लिलामीका लागि सम्पतीको मूल्याङ्कन प्रक्रिया अघि बढाएको हो ।

कोषले गत मंसिर ६ गते सार्वजनिक सूचना जारी गर्दै ३५ दिनभित्र ऋण नतिरे धितोमा रहेको सिटीसी मल लिलामी गर्ने चेतावनी दिएको थियो ।

मलको सञ्चालकमा इच्छाराज तामाङ सहित केशवलाल श्रेष्ठ र प्रविण मुखिया रहेका छन् । व्यक्तिगत जमानीकर्ता तर्फ उनीहरुसहित लालकाजी गुरुङ, रामकृष्ण पौडेल, हरिहर प्रसाद लामिछाने, प्रविण प्रसाद प्रधान र सुमन नन्दन वैद्य रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here