काठमाडौं, २६ वैशाख । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले बेलायत सरकारलाई नेपालका जलासययुक्त आयोजनामा लगानी गर्न आग्रह गरेकी छिन् ।
ऊर्जा सुरक्षाका लागि लागि नेपालले जलासययुक्त आयोजना निर्माणलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनमन्त्री भुषाल र वेलायत सरकार र त्यहाँका निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरेकी हुन् ।
मन्त्रालयमा सोमबार मन्त्री भुषाल र नपालका लागि बेलायतका राजदूत निकोला पोलिटबीच भएको शिष्टाचार भेटमा नेपाल र बेलायतबीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको थियो ।
भेटमा भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । साथै कोभिड–१९ बाट सुरक्षति रहनका लागि बेलायत सरकारले नेपालाई पु¥याएको सहयोगप्रति धन्यवाद व्यक्त गरिन् ।
नेपालले जलवायु परिवर्तनको नराम्रो असर भोगिरहेको उल्लेख गर्दै मन्त्री भुसालले भनिन्, ‘जलवायु परिवर्तनको असर धेरै क्षेत्रमा देखिन थालेको छ । यो समस्या हाम्रो मात्र होइन, संसारको हो, यो विषयमा बेलायत सरकारको सहयोग रहने विश्वास लिएकी छु ।’
सो अवसरमा राजदूत पोलिटले बेलायत सरकारले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रसँग सहकार्य गरिरहेको र ऊर्जाका अन्य क्षेत्रमा पनि सहकार्य गर्न इच्छुक रहेको बताए । उनले आगामी साता बेलायतका मन्त्री लर्ड अहमद नेपाल आउन लागेको र सो भेटमा ऊर्जामा गरिने लगानीका विषयमा छलफल गर्न सकिने बताए ।