ग्लोबल आइएमई र क्लियरिङ हाउसबीच सम्झौता, मोबाइल एपबाटै सरकारी बिल भुक्तानी गर्न सकिने

काठमाडौं, २६ बैशाख । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीच संचालन सम्झौता भएको छ। दुई संस्थाबीच पेमेन्ट स्वीचको नेपाल पे क्यूआर सुविधा औपचारिक रुपमा सुरु गर्ने सम्बन्धमा सम्झौता भएको हो।

सोमबार एक कार्यक्रमबीच ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सम्झौताअनुसार ग्लोबल आइएमईले नेशनल पेमेन्ट स्वीचको पहिलो चरणअन्तर्गत बिलर गेटवेको सफल इन्टिग्रेसन गरी आफ्नो मोबाइल बैंकिङ एप ग्लोबल स्मार्ट प्लसमा सरकारी तथा अर्ध–सरकारी बिल, क्रेडिट कार्डको बिल, बीमा शुल्क, सेयर कारोबारलगायत विभिन्न भुक्तानी सेवाहरु उपलब्ध हुने छ ।

साथै, बैंकले नेशनल पेमेन्ट स्वीचअन्तर्गतका नेपालपे क्यूआर, नेपालपे इन्सट्यान्ट, नेपालपे रिक्वेस्ट लगायतका अन्य सेवाहरु पनि चाँडै नै उपलब्ध गराउने विज्ञप्तिमा उल्लेख गरेको छ।

ग्लोबल आइएमई बैंकको देशभर ७६ जिल्लामा २८८ शाखा, २५९ एटीएम, २७५ शाखारहित बैंकिङ, ५१ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८ सय ७० सेवा केन्द्रबाट बैंकिङ तथा रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स समेत भित्र्याउँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here