देशभरका विद्यालय आजदेखि ६ दिन बिदा

काठमाडौं, २८ वैशाख । देशभरका विद्यालय आजदेखि ६ दिन बिदा हुने भएका छन । सरकारले मतदान केन्द्र कायम गरिएका र अन्य विद्यालय आज बुधबारबाट ६ दिन बन्द हुने भएका हुन ।

सरकारले भने मतदानको दिन ३० गते एक दिन मात्रै बिदा दिने निर्णय गरेको थियो। शिक्षकहरू मतदान केन्द्रमा खटिनुपर्ने र बाहिर जिल्लामा मतदान गर्न जानुपर्ने भएकाले आजबाट बिदा भएको हो।

आधा भन्दा बढी बिधालय मतदान केन्द्र तोकिएको र शिक्षकहरुलाइ मतदान गर्न आफ्नो केन्द्रमा पुग्न सजह होस भन्ने जितले आजदेखि बिदा दिएको शिक्षक महासंघले जनाएको छ ।

वैशाख २८ र २९ गते बिदा दिएसँगै ३० गते मतदान गर्न दिन, बैशाख ३१ गते शनिबार, जेठ १ गते सरकारले आइतबार पनि विदा दिने निर्णय लागु हुने दिन र जेठ २ बुद्ध जयन्ती परेकाले बिधालय लगायत ६ दिन बिदा हुनेछन् ।

सामुदायिक र निजी गरी करिब ३५ हजार विद्यालय छन्। सरकारले मतदान केन्द्र कायम गरिएका विद्यालयमा २८ गतेदेखि ३० गतेसम्म तीन दिन बन्द गर्ने निर्णय गरिसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here