उच्चविन्दुमा पुगेको डलरको भाउ घट्यो, यस्तो छ अन्य देशको विनिमयदर

काठमाडौं, २८ वैशाख । विदेशी मुद्रा विनिमयदर सामान्य घटबढ भएको छ ।

नेपाल राष्ट्र बैंकले बुधवारको लागि एक अमेरिकी डलरको खरिददर १२३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १२४ रुपैयाँ ४ पैसा निर्धारण गरेको हो।

हिजो हालसम्मकै उच्च दरमा खरिदविक्री भएको डलर आज घटेको हो । हिजो १ डलरको खरिददर १२३ रुपैयाँ ६५ पैसा र विक्रीदर १२४ रुपैयाँ २५ पैसा थियो ।

त्यस्तै एक मलेसियन रिँगिटको खरिददर २८ रुपैयाँ १७ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ३१ पैसा तोकिएको छ ।

एक कुवेती दिनारको खरिददर ४ सय २ रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ४ सय ४ रुपैयाँ २९ पैसा तोकिएको छ ।

एक कतारी रियालको खरिददर ३३ रुपैयाँ ७८ पैसा तोकिएको छ भने बिक्रिदर ३३ रुपैयाँ ९५ पैसा तोकिएको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ५२ रुपैयाँ ७ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ५२ रुपैयाँ ८१ पैसा तोकिएको छ।

एक बहराईन दिनारको खरिददर ३ सय २७ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय २९ रुपैयाँ २ पैसा तोकिएको छ ।

भारतीय १ सय रुपैयाँ आज १ सय ६० नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ भने यसको बिक्री १ सय ६० रुपैयाँ १५ पैसा तोकिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here