शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट, प्रतिसेयर आम्दानी १९.८४ रुपैयाँ

काठमाडौं, २८ वैशाख । शिवम् सिमेन्टको खुद नाफामा उच्च गिरावट आएको छ ।

कम्पनीले बुधबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार चैत मसान्तसम्ममा कम्पनीले ६५ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३९.९३ प्रतिशत कम हो । गत वर्षको तुलनामा कुल आम्दानी घट्दा र खर्च समेत बढ्दा कम्पनीको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी १.३८ प्रतिशतले घटेर ७ अर्ब २५ करोडमा सीमित भएको छ ।

त्यस्तै, १.४० प्रतिशत घटेर ७ अर्ब २९ करोडमा सीमित भएको छ भने कुल खर्च ६.९४ प्रतिशत बढेर ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानीमा उच्च गिरावट आएको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३३.०३ प्रतिशतबाट घटेर १९.८४ रुपैयाँमा झरेको छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ २०८.७६ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४९.८९ गुणा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here