वैदेशिक व्यापार: भारतसँग ७ खर्ब ७३ अर्बको व्यापार घाटा

काठमाडौं, २८ वैशाख । आर्थिक वर्ष २०७८/७९ को ९ महिनामा नेपालको व्यापार घाट बढेको छ । ९ महिनाको अवधिमा नेपालको वैदेशिक व्यापार घाटा १३ खर्ब ६ अर्ब रुपैयाँ पुगिसकेको छ ।

गत आर्थिक वर्षको सोही अवधिमा यस्तो घाटा १० खर्ब १६ अर्ब रुपैयाँमा सीमित थियो, जुन यो वर्षको भन्दा २८ प्रतिशतले कम हो ।

आर्थिक वर्षको ९ महिनामा महिनामा नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार ९ महिनामा भारतसँग सबैभन्दा बढी ७ खर्ब ७३ अर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।

यस अवधिमा नेपालबाट १ खर्ब २७ अर्ब निर्यात हुँदा भारतबाट ९ खर्ब १ अर्ब रुपैयाँको आयात भएको छ । यस्तै व्यापार घाटा भइरहेको मुलुकको दोस्रो सूचीमा उत्तरी छिमेकी मुलुक चीन छ ।

चीनबाट ९ महिनामा २ खर्ब ११ अर्ब रुपैयाँको आयात हुँदा यही अवधिमा जम्मा ६२ करोड रुपैयाँको निर्यात भएको छ । फलस्वरूप नेपाललाई यस अवधिमा २ खर्ब १० अर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा छ ।

यसबाहेक इन्डोनेसियासँग ३९ अर्ब, संयुक्त अरब इमिरेट्स (यूएई) सँग ३७ अर्ब, अर्जेन्टिनासँग ३२ अर्ब, अमेरिकासँग २५ अर्ब, युक्रेनसँग १९ अर्ब, अस्ट्रेलियासँग १८ अर्ब, मलेसियासँग १३ अर्ब, ब्राजिलसँग १० अर्ब र थाइल्यान्डसँग ९ अर्ब रुपैयाँ व्यापार घाटा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here