शैक्षिक संस्थाका हिउँदे, वर्षे र स्थानीय विदा कटौति

काठमाडौं, २८ वैशाख । शैक्षिक संस्थामा हिउँदे, वर्षे र स्थानीय विदा नहुने भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसअघि हिउँदे र वर्षे बिदा गरी ४५ दिन, स्थानीय बिदा पाँच दिन दिने व्यवस्था कटौती गर्ने निर्णय गरेको हो ।

मन्त्रालयको अनुसार सरकारले शनिबार र आइतबार गरी हप्तामा दुई दिन विदा दिने निर्णय गरेपछि शैक्षिक संस्थामा पढाइ हुने दिन घट्न नदिन हिउँदे, वर्षे र स्थानीय विदा कटौती गर्ने निर्णय गरेको हो ।

शिक्षा नियमावली अनुसार एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १८० दिन पठनपाठन हुनुपर्ने व्यवस्था छ । त्यस्तै एक शैक्षिक सत्रमा एक हजार २४ घन्टा पाठ्यभार हुनुपर्ने व्यवस्था छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here