काठमाडौं, २९ वैशाख । वाणिज्य बैंकहरूले जेठ महिनामा निक्षेपको ब्याजदर नबढाउने भएका छन् । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले जेठमा पनि वैशाखकै ब्याजदर कायम गर्ने निर्णय गरेको हो ।
ब्याजदर बढाए पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको भन्दै संघले नबढाउने निर्णय गरेको हो । यससँगै अब जेठमा पनि वैशाखमा कायम भएको ब्याजदर नै लागू हुनेछ ।
वाणिज्य बैंकहरूले चैत र वैशाखमा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ ब्याजदर कायम गरेका थिए । अब जेठमा पनि यही लागू हुनेछ ।
गत साता मात्रै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही जेठमा ब्याजदर बढ्न सक्ने बताएका थिए । तर, बैंकर्स संघले भने ब्याजदर स्थिर राख्ने निर्णय गरेको हो ।