तोलाको ८ सयले बढ्यो सुनको भाउ, चाँदीमा पनि सामान्य बृद्धि

काठमाडौं, २९ बैशाख । नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ८ सयले बढेको हो ।

सुनको मूल्य तोलाको ९७ हजार ८ सय कायम भएको छ । यस अघि बुधबार सुन तोलाको ९७ हजारमा कारोबार भएको थियो ।

त्यसैगरी आज तेजावी सुन तोलाको ९७ हजार ३ सयमा किनबेच भएको छ । यस्तै आज चाँदीको मूल्यमा पनि सामान्य बृद्धि भएको छ ।

स्थानीय बजारमा आज चाँदी तोलामा ५ रुपैयाँले बढेर १२५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here