भारतले रोक्यो गहुँ निर्यात, नेपालमा कस्तो असर पर्ला ?

काठमाडौं,३१ वैशाख । भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। मूल्य निरन्तर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।

भारतको वैदेशिक व्यापार महानिर्देशनालयले विज्ञप्ति जारी गर्दै विभिन्न कारणले अन्तर्राष्ट्रियस्तरमा गहुँको मूल्यमा अचानक वृद्धि भएको जनाएको छ ।

जसका कारण भारतका साथै छिमेकी राष्ट्र र अन्य धेरै देशको खाद्य सुरक्षामा खतरा उत्पन्न भएको र यसका कारण सरकारले गहुँ निकासी बन्द गर्नुपरेको बताइएको छ । गहुँलाई स्वतन्त्र वर्गबाट प्रतिबन्धित वर्गमा सारिएको छ ।

रुस र युक्रेनबीच जारी युद्धका कारण गहुँको अन्तर्राष्ट्रिय मूल्य झण्डै ४० प्रतिशतले बढेको छ । यसले भारतबाट निर्यात बढेको छ । माग बढेपछि स्थानीय तहमा गहुँ र पिठोको मूल्य ह्वात्तै बढेको हो ।

पहिले नै अनुमति दिइसकिएका शिपमेन्ट नरोकिने बताइएको छ। गहुँको अन्तर्राष्ट्रिय मूल्य ४० प्रतिशतले बढिरहेको छ। भारत विश्वको दोस्रो ठूलो गहुँ उत्पादक हो। यसको प्रत्यक्ष असर नेपालमा पनि पर्नेछ ।

नेपालमा गहुँ नफल्ने कुनै खेतबारी छैनन् । तैपनि, नेपाल गहुँमा अझै आत्मनिर्भर बन्न सकेको छैन । पछिल्लो आँकडा हेर्दा नेपालमा गहुँ आयातको ग्राफ उकालो लाग्दो छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here