लक्ष्मी पुग्यो हाँडीगाउँ र पेप्सिकोला, एकै दिन दुई नयाँ शाखा

क्लाउडपत्रिका
काठमाडौं, २१ मघ । लक्ष्मी बैंकले सोमवार काठमाडौंको हाँडीगाउँ र पेप्सीकोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

यी शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पु¥याउने लक्ष्य बैंकले राखेको छ । यससँगै लक्ष्मी बैंकको ४६ जिल्लामा ९८ शाखा, ३ हस्पिटल सेवा काउन्टर, १०८ एटीएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ५१ शाखारहित बैंकिङ एजेन्ट पुगेको छ ।

सन् २०१२ देखि सञ्चालनमा आएको बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना ६२ शाखाहरुमार्फत विभिन्न जिल्लामा कूल रु. ३ अर्ब भन्दा माथिको लघुकर्जा सुविधा प्रदान गरेको छ ।

साथै बैंकको सहायक कम्पनी लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले सन् २००९ देखि नेपाल धितोपत्र बोर्डबाट इजाजत लिई विभिन्न मर्चेन्ट बैंकिंग सेवा सञ्चालन गर्नुका साथै बैंकको प्रवद्र्धनमा लक्ष्मी भ्यालु फण्ड १ र लक्ष्मी इक्विटि फण्ड नामक म्युचुअल फण्ड योजनाहरु सञ्चालनमा ल्याएको छ ।

आ.व. २०७४/७५ मा रु. ६७.७४अर्ब निक्षेप र रु.६२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु. ८१ अर्ब रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here