त्रिविले सरकारले लागू गरेको दुई दिने विदा नदिने

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सरकारले लागू गरेको दुई दिने विदा नदिने भएको छ ।

विश्वविद्यालयले आइतबार सूचना जारी गर्दै आइतबार विदा नदिने जानकारी दिएको हो ।

त्रिविले विद्यार्थीको पठनपाठन, विश्वविद्यालय अन्तर्गतको स्वास्थ्य सेवा लगायत अन्य सेवाहरुलाई नियमित रुपमा संचालन गर्न आवश्यक रहेकाले हाललाई विदा नदिने जानकारी दिएको जनाएको छ ।

अर्को सूचना जारी नभएसम्मको लागि साविक बमोजिम नै आइतबार समेत विश्वविद्यालयका सबै सेवाहरु संचालन हुने विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here