‘नेपाल हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गर्‍यो’- प्रधानमन्त्री

काठमाडौं, २ जेठ । रुपन्देहीमा निर्माण गरिएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सोमबारबाट सञ्चालनमा आएको छ ।

सोमबार बिहान प्रधानमन्त्री शेर बहादुर देउवाले एक समारोहका बीच गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गरेका हुन्।

प्रधानमन्त्री देउवाले गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलले मुलुक हवाइ उडानमा अर्को नयाँ युगमा प्रवेश गरेको बताए। उनले विमानस्थलले लुम्बिनी क्षेत्रको पर्यटन, आर्थिक विकास तथा रोजगारी सृजनामा महत्त्वपूर्ण योगदान गर्ने बताए।

कार्यक्रममा पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल सञ्चालनमा आएसँगै यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताए । उनले हवाई सेवा कम्पनीलाई उक्त विमानस्थलमा सेवा दिएपछि विशेष छुट समेत दिने बताए ।

गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी क्षेत्रका नागरिक, व्यवसायी सबैको सहयोगले विमानस्थल बन्न सफल भएको बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here