संसदमा नयाँ बजेटका सिद्धान्त र प्राथमिकता पेश, उत्पादन वृद्धि र पूर्वाधार विकास विनियोजित बजेटको सिद्धान्त

काठमाडौं, ३ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/८० विनियोजन विधेयकका सिद्धान्त प्रतिनिधि सभामा पेश गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

राष्ट्रिय गौरवका आयोजना, कृषि सुधार, गरिबी निवारणलाई न्यूनिकरण गर्ने बजेटको सिद्धान्त रहेको उनले बताए ।

आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएकोमा सो लक्ष्य भेट्न र विद्यमान आर्थिक प्रणालीलाई सुधार्दै जानुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले जिकिर गरे

प्रि-बजेट छलफलमाथिको छलफल भोलि र पर्सि हुने भएको छ । जेठ ७ गते संसदमा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here