तीन जीवन बीमा कम्पनीलाई मर्ज हुन समितिको स्वीकृति

काठमाडौं । तीन जीवन बीमा कम्पनीहरुलाई एक आपसमा मर्ज हुन बीमा समितिले स्वीकृति दिएको छ ।

वैशाख २९ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेका युनियन, गुँरास र प्राइम लाइफ इन्स्योरेन्सलाई समितिले मर्जरमा जान सैद्धान्तिक सहमति दिएको हो ।

समितिले ‘गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम मर्जरमा जान सहमति प्रदान गरेको हो ।

मर्जरपछि बन्ने कम्पनीको चुक्ता पूँजी ७ अर्ब बढी पुग्ने जनाइएको । यद्यपि, अहिले सेयर अनुपात (स्वाप रेसियो) टुंगो लागेको छैन ।

चैत मसान्तसम्ममा प्राइम लाइफ इन्स्योरेन्सको २ अर्ब ७८ करोड, युनियन लाइफको २ अर्ब १५ करोड र गुँरास लाइफको २ अर्ब ८ करोड चुक्ता पूँजी रहेको छ ।

बीमा समितिले आगामी २०७९ चैतसम्म जीवन बीमा कम्पनीके चुक्ता पूँजी ५ अर्ब पुर्याउन निर्देशन दिएसँगै तीन कम्पनीले मर्जरमा जाने सम्झौता गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here