यस्ता छन् आगामी बजेटका १० सिद्धान्त, ११ प्राथमिकता (पूर्णपाठ)

काठमाडौं, ३ जेठ । अर्थमन्त्री जनार्दन शर्माले संघीय संसदको प्रतिनिधिसभाको बजेट अधिवेशनअन्तर्गत मंगलबारको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत गरेका छन् ।

मंगलवार बसेको प्रतिनिधि सभा बैठकमा अर्थमन्त्री शर्माले आर्थिक वर्ष २०७९/८० का लागि बजेट पूर्वको छलफलका लागि बजेटका सिद्धान्त र प्राथमिकता पेश गरेका हुन् ।

राष्ट्रिय गौरवका आयोजना, कृषि सुधार, गरिबी निवारणलाई न्यूनिकरण गर्ने बजेटको सिद्धान्त रहेको उनले बताए ।

आर्थिक वर्षमा ५.८४ प्रतिशतको आर्थिक वृद्धिदरको प्रक्षेपण गरिएकोमा सो लक्ष्य भेट्न र विद्यमान आर्थिक प्रणालीलाई सुधार्दै जानुपर्ने आवश्यकता रहेको अर्थमन्त्रीले जिकिर गरे ।

रोजगारी वृद्धि, दीगो पूर्वाधार निर्माण, उत्पादनमूलक उद्योगको विकास, जनता आवास जस्ता कार्यक्रमलाई समेटेर बजेट ल्याइने उनले बताए ।

अर्थमन्त्रीले पेश गरेका बजेटका सिद्धान्त तथा प्रथामिकता विषयक प्रस्तावमाथि ४ र ५ जेठमा संसदको बैठकमा छलफल हुने कार्यक्रम रहेको सभामुख अग्नी सापकोटाले संसदलाई जानकारी गराएका छन् । जेठ ७ गते संसदमा सरकारका वार्षिक नीति तथा कार्यक्रम पेश गर्ने तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here