‘वडासम्म सडक कालोपत्रे नगरे कृषकले उत्पादन गरेको चिज बजारमा आउन सक्दैन्’

काठमाडौं, ४ जेठ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले सबै पालिका, वडासम्म नै अब कालोपत्रे सडक पुर्‍याउन पर्ने बताएका छन् ।

संसदमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलमा भाग लिँदै खनालले उक्त कुरा बताएका हुन् ।

‘हामीले राष्ट्रव्यापी रुपमा सबै पालिका, वडासम्म नै अब कालोपत्रे सडक पुर्‍याउने कुरालाई प्राथमिकता दिनुपर्छ,’ उनले भने, ‘त्यो नगरेसम्म कृषकले उत्पादन गरेको चिज बजारमा आउन सक्दैन्। त्यो बजारमा आउनका लागि अनिवार्य कुरा हो सडक निर्माण।’

सडक निर्माणको विषयलाई ब्यापक रुपमा अघि बढाउनपर्ने उनले तर्क गरे।

‘भूमि सुधार र कृषिको विकासका विषयलाई पनि प्राथमिकता दिनुपर्छ। कृषि अनुसन्धानका कुरा पनि समेट्नुपर्छ।’ कृषकले उत्पादन गरेका कृषि उपजको समर्थन मूल्य तोक्नुपर्ने उनले माग गरे। हरेक पालिकामा कृषि बजार निर्माण हुनुपर्ने उनको भनाइ छ।

राज्यले भूमिका नखेल्दासम्म देशले विकास नगर्ने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here