९ महिनामा विदेश पढ्न जानेहरुबाट बाहिरियो ४३ अर्ब रुपैयाँ, घुम्न जानेले खर्चिए ६१ अर्ब

Photo: THT

काठमाडौं, ४ जेठ । चालू आर्थिक वर्षको ९ महिनामा नेपालबाट विदेश पढ्न जानेहरुले ४३ अर्ब रुपैयाँभन्दा धेरै खर्च गरेका छन ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउनदेखि चैतसम्म पढ्नको लागि विदेश जाने नेपालीले ४३ अर्ब ६७ करोड रुपैयाँ खर्च गरेका छन ।

यो गएको वर्षको तुलनामा धेरै हो । यस्तै विदेश घुम्न जाने नेपालीले ९ महिनामा ६१ अर्ब ८७ करोड रुपैयाँ खर्च गरेका छन ।

नेपाल घुम्न आउनेले फागुन महिनामा मात्र करिब ३ अर्ब १० करोड रुपैयाँ खर्च गर्दा नेपालीले विदेशमा गएर १० अर्ब ५० करोड रुपैयाँ खर्च गरेका हुन्।

नेपालमा अहिले विदेशी मुद्रा सञ्चिति क्रमशः घटिरहेको छ। सोही कारण विलासी र महंगा वस्तुको आयातमा अंकुश लगाउनुपरेको छ। तर यस्तो अवस्थामा पनि नेपालीहरुले विदेश गएर गर्ने खर्च भने बढिरहेको देखिएको हो।

पछिल्ला वर्षमा नेपाल भम्रण गर्न आउनेले भन्दा नेपालबाट डलर लगी विदेशमा खर्च गर्ने बढेका छन्। संख्यात्मक हिसाबमा आएका पर्यटकबाट भएको आर्थिक लाभ र यसको तुलनामा हामीले विदेश जाँदा गर्ने खर्चको अनुपातका विषयमा हालसम्म कोही बोलेका छैनन् ।

नेपालीले विदेशमा गर्ने खर्चको तुलनामा विदेशीले नेपालमा गर्ने खर्च निकै कम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here