श्रीलंकालाई विश्व बैंकले दियो १६ करोड डलर सहयोग, इन्धन किन्न खर्च गरिने

काठमाडौं । श्रीलंकालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । गम्भीर आर्थिक संकटमा परेको श्रीलंकाका बैंकबाट छिटै १६ करोड डलर प्राप्त प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी गराएका हुन् ।

देशमा पेट्रोल सकिएर हाहाकार भइरहेको बेला प्राप्त हुन लागेको यो रकमले पेट्रोल र अन्य इन्धन खरिद गर्ने योजना रहेको प्रधानमन्त्री विक्रमासिंघेले बताए ।

यस्तै उनले भारतले ऋण सहयोगमा इन्धन दिने भएकाले समस्या कम हुने अपेक्षा गरिएको बताए । गम्भीर आर्थिक संकटमा परेको श्रीलङ्कामा सरकार विरोधी प्रदर्शन चर्किएको छ ।

विदेशी मुद्राको चरम अभावका कारण औषधि, इन्धन लगायतका अत्यावश्यक वस्तुको अभाव भएको छ । दैनिक उपभोग्य वस्तुको मूल्य आकासिएको छ । लाखौँ परिवार भोकमरीमा धकेलिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here