‘कम्प्युटरमा गरिएको शिलान्यासले अर्थतन्त्र समस्यामा देखियो’-डा. रिजाल

काठमाडौं, ५ जेठ । नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

बजेट कार्यान्वयन क्षमता कमजोर रहेको भन्दै उनले स्रोत नभएको आयोजना कम्प्युटरमा गरिएको शिलान्याश, रेल तथा पानीजहाज, भ्यूटावरजस्ता विषय ल्याएर गलत संस्कारको अभ्यास गरिएकाले पनि समस्या देखिएको स्पष्ट पारे ।

जेटमा विपक्षी नेताहरुले रेलको कुरा गरेको र विना योजना, विना तयारी लहटमा केन्द्रबाट कम्प्युटरबाट गरिएको सडकको शिलान्यासको विषयमा समेत प्रश्न उठाएको भन्दै रिजालले त्यस्तो कम्प्युटरले शिलान्यासको ढुंगा आफूलाई देखाइदिन समेत चुनौती दिए ।

‘तपाईका नेताले कम्प्युटरबाट गरेका ढुङ्गे शिलान्याशको ढुंगा खै कहाँनिर छ, मलाई देखाइदिनुहोस् अनि म पनि रेलको कुरा समेटौँला, अर्थमन्त्रलीलाई बजेटमा राख्न सुझाव दिउँला’ रिजालले प्रतिप्रश्न गरे, ‘आफ्ना नेताले गरेका चाहिँ नराम्रा कुरा पनि सबै राम्रा ? पहिला आफ्नो धरातल हेरौं’ उनले भने ।

शोधानान्तर घाटामा परेको प्रभावलाई कम गर्न देशभित्रै खाद्य उत्पादनमा वृद्धि गर्नुपर्ने तथा उद्योग व्यवसायको प्रवद्र्धन, निजी, सार्वजनिक साझेदारीका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था गर्नुपर्ने बताए ।

उनले वर्तमान सरकारका कारणमात्रै अर्थतन्त्रमा समस्या नआएको भन्दै प्रतिपक्षमा पुगेको तत्कालीन एमाले नेतृत्वको सरकारका कारण वैदेशिक ऋणमा वृद्धि भएको तथ्य नभुल्न आग्रह गरे ।

डा रिजालले विश्वव्यापीरूपमा अर्थतन्त्रमा परेको दबाब र चापको प्रभाव अर्थतन्त्र र मुद्रास्फितिमा परेको तथ्य पेश गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here