‘थोत्रो गाडीमा चालक फेर्दैमा रफ्तारमा फरक पर्दैन, अहिलेको अर्थतन्त्र त्यही हो’- सांसद चौधरी

काठमाडौं, ५ जेठ । सांसद तथा उद्योगी विनोद चौधरीले पुँजी बजारमा नयाँ तरंग ल्याउने गरी बजेट बन्नु पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा आफ्नो धारणा राख्दै उनले उक्त कुरा बताएका हुन् ।

धेरै नेपालीको पुँजी सेयर बजारमा डुबेको भन्दै बजारमा नयाँ तरंग ल्याउने गरी बजेट आउनु पर्ने बताए ।

उनले भने, ‘हाम्रो बजेट कार्यान्वयन गर्ने प्रशासनिक क्षमतामा ह्रास आएको कुरा हामीले उठाइरहेका छौँ। त्यसमा कसैले ध्यान दिएको देखिँदैन।’

पुँजीगत बजेट अहिलेसम्म ३१ प्रतिशत मात्रै भएको र त्यो सधैँ यस्तै रहेको बताए।

उनले भने, ‘थोत्रो गाडीमा ड्राइभर फेर्दैमा त्यसको रफ्तारमा फरक पर्दैन। अहिलेको अर्थतन्त्र पनि त्यही हो।’

बैंकमा तरलता अभावको कारण ७ प्रतिशतको हाराहारीमा रहेको ब्याजदर बढेर १५ प्रतिशत पुग्ने स्थिती रहेको बताए । राष्ट्र बैंकसँग रहेको ५ सय अर्ब भन्दा बढी पुँजी तरलता अभाव कम गर्न जानुपर्ने उनको भनाइ छ ।

सरकारले विकास खर्च गर्न नसक्ने, थुप्रेर बसेको पैसा पनि बजारमा ल्याउन नसक्ने अवस्था पनि अन्त्य हुनुपर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here