इसेवाको ‘बीमा शुल्क भुक्तानी गरिन्छ,लखपति बनिन्छ’ योजना, एजेण्टले पनि नगद जित्ने

काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजना सार्वजनिक गरेको छ ।

इसेवाले बीमितहरूले घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उद्देश्यले यो योजना सार्बजनिक गरेको हो ।

उक्त योजना भदौ ५ गतेसम्म सञ्चालन हुनेछ । सो योजनाअन्तर्गत इसेवाबाट कुनै पनि जीवन बीमा कम्पनीको बीमा शुल्क भुक्तानी गर्ने व्यक्तिहरूमध्येबाट बम्पर उपहारमा एक जनाले एक लाख रुपैयाँ उपहार प्राप्त गर्नेछन् ।

यस्तै उपहार बिजेता बीमितको बीमा एजेन्ट र सोही एजेण्टको शाखा कार्यालयले पनि रु २०-२० हजार नगद उपहार प्राप्त गर्नेछन् ।

यसैगरी योजना सञ्चालन अवधिभर बीमा शुल्क भुक्तानी गर्नेहरू मध्येबाट हरेक दिन एक जनाले गोलाप्रथामार्फत एक हजार रुपैयाँ प्राप्त गर्ने छन् ।

यो योजना नेपालमा सञ्चालित सबै बीमा कम्पनीको शुल्क भुक्तानी गर्दा लागु हुनेछ । इसेवाले पछिल्ला दिनमा इन्स्योरेन्स्को प्रिमियम अनलाइनबाट भुक्तानी गर्न प्रोत्साहन गर्नका लागि विभिन्न अफर तथा योजना सार्बजनिक गर्दै आएको छ ।

इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरी ६० लाख बढी ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here