मोबाइल इण्टरनेटको गुणस्तर खस्किँदै, फिक्स्ड ब्रोडब्याण्डमा सुधार

काठमाडौं । मोबाइल ब्रोडब्याण्ड गुणस्तरमा नेपाल ७ स्थान तल झरेको छ ।

ओकलाले मासिक रुपमा सार्वजनिक गर्दै आएको स्पिडटेस्ट ग्लोबल इन्डेक्समा नेपाल मार्चको भन्दा अप्रिल महिनामा ७ स्थान तल खस्किदै नेपाल ११६ स्थानमा पुगेको छ ।

इन्डेक्स अनुसार नेपालको मोबाइल ब्रोडब्याण्ड इण्टरनेटमा औषत डाउनलोड स्पिड १५.१३ एमबीपीएस, अपलोड स्पिड १०.६७ एमबीपीएस र २४ मिली सेकेण्डको लेटेन्सी रहेको छ ।

रिपोर्ट अनुसार गत अप्रिलमा मोबाइल ब्रोडब्याण्ड इण्टरनेटको तुलनामा फिक्स्ड ब्रोडब्याण्डको गुणस्तरमा सुधार देखिएको छ । नेपालले मार्चको भन्दा एक स्थान सुधार गर्दै ८१ स्थानमा पुगेको छ ।

इन्डेक्स अनुसार नेपालको फिक्स्ड ब्रोडब्याण्ड इण्टरनेट औषत डाउनलोड स्पिड ४२.०८ एमबीपीएस, अपलोड स्पीड ४०.२३ एमबीपीएस र लेटेन्सी ५ मिलिसेकेन्ड रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here