नेपाल फाइनान्सको हकप्रद शेयर विक्रीमा

काठमाडौं, ६ जेठ । नेपाल फाइनान्स लिमिटेडले ७० प्रतिशत हकप्रद शेयर सार्वजनिक निष्कासन गरेको छ । कम्पनीले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ७ कित्ता शेयरको अनुपातमा हकप्रद शेयर निष्कासन गरेको हो ।

कम्पनीले रू. १०० अंकित दरका ३४ करोड ५४ लाख ४७ हजार ४२७ रुपैयाँ ५० पैसा बराबरको ३४ लाख ५४ हजार ४७४ दशमलव २७५ कित्ता हकप्रद जारी गर्ने गरेको छ ।

उक्त हकप्रद निष्कासनका लागि कम्पनीले वैशाख २१ गते बुक क्लोज गरिसकेको छ । यसअनुसार वैशाख २० गतेसम्म कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै नेपाल फाइनान्सका केन्द्रिय तथा शाखा कार्यालयहरुसँगै सम्पूर्ण आस्बा सेवा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ ।

साथै मेरोशेयर सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिनेछ । यो हकप्रद शेयर जेठ २६ गतेसम्म विक्रीमा रहने मिति तय भएको छ । हकप्रद प्रयोजनकाल लागि गराईएको रेटिङमा क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्ने इक्राएनपी आईआर सी प्लस रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले लाभांश वितरणको इतिहासमा आर्थिक वर्ष ०६७/६८ को मुनाफाबाट २२ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेतका लागि १ दशमलव १६ प्रतिशत नगद लाभांश वितरण गरेको अवस्था छ भने पछिका वर्षहरुमा लाभांश वितरण गरेको छैन् । नेपाल फाइनान्सले यस अघि १ बराबर १ दशमलव ७५ को अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने निर्णय गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here