नवजात शिशुसँगै हवाई यात्रामा हुनुहुन्छ ?

काठमाडौं । सामान्यतया नवजात शिशुसँग हवाई यात्रामा निस्कनु चूनौतिपूर्ण मानिन्छ । बुद्ध एयरका अनुसार आफ्नो बच्चासँगको यात्रालाई सहज बनाउन केहि स साना कुरामा ध्यान दिनु पर्ने हुन्छ, जसले गर्दा बच्चालाई यात्रामा दौरान कुनै असर गर्दैन र सुरक्षित रुपमा हवाई यात्रा गराउन सकिन्छ ।

नवजात शिशुसँग यात्रा गर्दा प्लेन उड्ने र अवतरण गर्ने बेला बच्चालाई दुध खुवाउन कम्पनीले सुझाव दिएको छ । यसले बच्चाको ध्यान दुधमा हुने हुँदा त्यस दौरान हुने जहाजको मुभमेन्टले आत्तिने सम्भावना कम हुन्छ ।

नवजात शिशुको साथमा यात्रामा निस्कने हो भने डाक्टरसँग सल्लाह दिन समेत कम्पनीको सुझाव छ । अतिरिक्त डाइपर, दुधको बोतल र बेबी फुड साथमा बोक्नु पर्ने हुन्छ । किनकी यात्राका दौरान अन्य विकल्प नहुन सक्छ ।

डाइपर यात्रा अगाडी नै परिवर्तन गर्ने समेत कम्पनीको सुझाव छ । आन्तरिक उडानका जहाजको यात्रा छोटो हुन्छ । अर्कोतर्फ शौचालय समेत साँघुरा हुन्छन् । जसले गर्दा आमा बुबाले बढी सास्ती भोग्नु पर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here