३५ औं वार्षिकोत्सबमा नबिल बैंकको वृक्षारोपण र सरसफाई

काठमाडौं, ३० असार । नबिल बैंकले आफ्नो ३५ औं वार्षिकोत्सबको अवसरमा वृक्षारोपण र सरसफाई कार्यक्रम सञ्चालन गरेको छ ।

वातावरण संरक्षण गरी हरियाली कायम गर्ने कार्यमा सहयोग गर्ने उदेस्यले बैंकले शनिवार मीनभवन नजिकको वागमती नदी किनारामा बृक्षरोपण तथा सरसफाई कार्यक्रम सञ्चालन गरेको हो ।

बैंकले ३० औं वार्षिकोत्सबबाट यस क्षेत्रमा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ । त्यही कार्यलाई निरन्तरता दिने क्रममा ३५ औं वार्षिकोत्सबमा वृक्षारोपण र सरसफाई कार्यक्रम सञ्चालन गरेको बैंकले जनाएको छ ।

बैंकको वार्षिकोत्सवको अवसरमा खेलकुद लगायत वृक्षरोपण तथा सरसफाई कार्यक्रमहरु आयोजना गरि मनाएकोमा बैंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले खुशी व्यक्त गर्दैसहभागी सम्पूर्ण बैंकका संचालक तथा कर्मचारीहरुलाई धन्यवाद व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here