‘१५ मिनेटको शहर’ बन्दै पेरिस, सिक्ला त काठमाडौंले !

Paris - France

काठमाडौं । फ्रान्सको राजधानी पेरिसका मेयर एनि हिडल्गोले सन् २०२२ को शुरुवातमा एक चुनौतीपूर्ण तथा इनोभेटिभ योजनाको घोषणा गरिन् ।

जुन पेरिसका जनतालाई छिमेकीहरुसँग नजिक गराउने उद्देश्यसहित शुरु गरिएको हो ।

त्यसो त शहरमा कारको प्रयोगलाई कम गरेर कार्वनडाइअक्साइड कम गरि शहरलाई स्वच्छ राख्ने पनि यो योजनाको मूख्य उद्देश्य हो ।

त्यस्तै कोभिडले जनताको जीवनशैलीलाई परिवर्तन गरेकोले पनि यो योजना आवश्यक देखिएको उनले बताइन् ।

जहाँ हरेक तपाँईलाई आवश्यक पर्ने हरेक कुरा १५ मिनटको दुरिमा पाइन्छ । सोहि योजना अनुसार पेरिसमा सो हाइपर मोडल सिस्टम अनुसार काम गर्न थालिएको छ । लकडाउनको समयमा ५० किमीको साइकल लेन निर्माण गरिएको थियो ।

२०२४ सम्ममा मेयर हिडग्लोले हरेक गल्लिमा साइकल लेन बनाउने योजना अघि सारेकी छिन् । १५ मिनेट सिटीमा विभिन्न भवनहरुलाई यस्तै भिन्न भिन्न प्रायोजनका लागि प्रयोग गरिने छ ।

उदाहरणका लागि विदाको समयमा विद्यालयको भवनलाई अन्य प्रायोजनका लागि प्रयोगमा ल्याइने छ । ६० हजार स्टीट पार्किङलाई हटाइने छ । ती पार्किङमा प्ले ग्रााउन्ड, हरियाली पार्क निर्माण गरिने बताइएको छ ।

त्यसो त पेरिसले आइतबार सडकमा कारहरु चलाउन बन्देज समेत लगाइसकेको छ ।

कोभिडको लकडाउनमा ५० हजार साइकल लेन सञ्चालनमा आएको हो । १५ मिनेटको उक्त शहरमा विल्डिङहरु त्यसो त पेरिस यो हाइपर लाकल मोडल लागू गर्ने पहिलो शहर भने होइन ।

मेलबर्नले ट्वन्टि मिनट्स नाइवरहुड परिक्षण गरिसकेको छ । १५ मिनेट अवधारणा सरबोननी प्रोफेसर कारलोस मोरिनोले विकास गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here