आन्तरिक हवाई भाडा बढ्यो,कुन गन्तब्यमा कति ? (सूचीसहित)

काठमाडौं । हवाई इन्धनको मूल्य बढेसँगै आन्तरिक उडानको भाडा पनि बढेको छ। वायु सेवा संचालक समितिले हवाई भाडा बढाउने निर्णय गरेको हो।

आइतबारदेखि लागू हुनेगरी इन्धन शुल्क बढेको र बुधबारदेखि लागू हुनेगरि भाडामा पनि वृद्धि भएको जनाइएको छ ।

काठमाडौं–धनगढी पुग्न अधिकतम १५ हजार ६६५ रुपैयाँ लाग्ने भएको छ । यो रुटमा एकै पटक ४४५ रुपैयाँ भाडा बढेको हो ।

काठमाडौं– विराटनगर २४०, काठमाडौं–जनकपुर १३०, काठमाडौं–भरतपुर ११०, काठमाडौं–पोखरा १६०, काठमाडौं–भैरहवा २०५, काठमाडौं–नेपालगञ्ज ३२५, काठमाडौं–तुम्लिङटार १८५ र काठमाडौं–सिमरा रुटमा ९० रुपैयाँ भाडा बढेको छ ।

नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँ वृद्धि गरी १६६ रुपैयाँ पुर्‍याएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here