काठमाडौं, १० जेठ । फोनपे पेमेन्ट सर्विस लिमिटेड आइएसओ २७००१ः२०१३ बाट प्रमाणिकरण हुन सफल भएको छ ।
फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरियता प्रदान गरेको हुनाले आइएसओ (इन्फरमेशन सेक्यूरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो ।
यस किसिमको प्रमाणीकरणले फोनपेको दायरा अन्तरगत गरिएका सबै कारोबार सुरक्षित रहेका छन् र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिवद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको कम्पनीले जानकारी दिएको छ ।
आइएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले ‘फोनपे आम ग्राहकले सुरक्षित् तवरले कारोबार गर्न सकुन् भन्ने कुरामा प्रतिबद्ध भएको बताए । साथै त्यसका लागि फोनपेले निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको र आउँदा दिनमा पनि निरन्तर ग्राहकको सुरक्षामा केन्द्रित हुँदै दैनिक जनजीवन सहज बनाउने किसिमका सेवा ल्याउँदै जाने प्रतिबद्धता व्यक्त गरे ।
यस्तै फोनपेका हेड अफ सेक्यूरिटीका आस्लम अलीले भने ‘आइएसओको प्रमाणीकरणले हाम्रा ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि हाम्री प्रतिबद्ध छौँ भन्ने देखाउँछ । यसमा सम्पूर्ण कर्मचारिको प्रयास र योगदान समावेश छ । त्यसैले आज हामी यो भन्न पाउँदा गर्व गर्छौँ कि सुरक्षा र डाटा संरक्षणका लागि जागरुकता एउटै विभागमा सिमित छैन तर हाम्रो कर्पोरेट संस्कृतिमा निहित छ ।
फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डिएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ । फोनपे नेटवर्कमा आबद्ध कुनैपनि बैंक तथा वित्तीय संस्था, विभिन्न भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स्बाट सहजै क्यूआर मार्फत भुक्तानी गर्न सकिन्छ ।
साथै फोनेमार्फत अन्तरबैंक फण्ड ट्रान्स्फर , हब पेमेन्ट लगायतका कारोबार गर्न सकिन्छ । फोनपे पेमेन्ट सर्विस लिमिटेड नेपाल राष्ट्रबैंकबाट अनुमति प्राप्त नेपालको अग्रणी र प्रतिष्ठित भुक्तानी प्रणाली सञ्चालक हो ।
फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा सेवा प्रदायक आबद्ध छन् । यस्तै फोनपेमा हालसम्म करिब ७ लाख मर्चेन्ट रहेका छन् । एक करोड ४० लाख भन्दा धेरै मोबाईल बैकिङ्ग प्रयोगकर्ता तथा भुक्तानी सेवा प्रदायकका मोबाईल एप्स् मार्फत फोनपेले सेवा पुर्याउँदै आएको छ ।