आगामी वर्षदेखि उखु क्रसिङ भएकै वर्ष किसानलाई पैसा

काठमाडौं, १० जेठ । सरकारले आगामी वर्षदेखि उखु किसानले उखु क्रसिङ भएकै वर्ष पैसा पाउने भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

गत वर्ष उखु किसान उद्योगी तथा सरकारबाट उखुको पैसा नपाएको भन्दै काठमाडौं माइतीघरमा आन्दोलन गर्न आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here