बुढीगण्डकी जलविद्युत आयोजना निर्माण नेपालको आफ्नै लगानीबाट शुरु गरिने

काठमाडौं, १० जेठ । बुढीगण्डकी जलविद्युत आयोजना नेपालको आफ्नै लगानीबाट निर्माण शुरु गरिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

सरकारले १२०० मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) सँगको सम्झौता अन्त्य गरेर आफैंले निर्माण गर्ने तयारी गरेको हो।

सो अयोजना निर्माणका लागी तयारी शुरु भएको धेरै भएपनी काम भने अपेक्षा अनुसार अघि बढेको थिएन् ।