दुई वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने सरकारको लक्ष्य, विपन्नलाई निःशुल्क विद्युत मिटर

काठमाडौं, १० जेठ । सरकारले आगामी २ वर्षभित्र सबै स्थानिय तहमा विद्युतीयकरण गर्ने लक्ष्य राखेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसद्‌को संयुक्त बैठकमा आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त कुरा बताएकी हुन् ।

विपन्न वर्गलाई निशुल्क विद्युत मिटर निशुल्क वितरण गर्ने घोषणा समेत नीति तथा कार्यक्रममार्फत सरकारले गरेको छ ।

त्यस्तै सरकारले विद्युत महशुल दरमा पुनरवलोकन गर्ने भएको छ। विद्युत खपत बढाउन र खाना पकाउने ग्यासको विस्थापनलाई गर्न महशुल घटाउने भएको हो।

आगामी वर्षको नीति तथा कार्यक्रममा विद्युतीय सवारी साधन प्रवद्र्धन गर्न थप चार्जिङ स्टेसन बनाउने भएको छ।

विद्युतको स्मार्ट मिटर जडानकार्यलाई तीव्रता दिइने भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here