५ अंकले बढ्यो नेप्से, ४३ करोडको कारोबार

काठमाडौं, ३० असार । सोमवार नेप्से परिसूचक ५.०८ अंकले बढेर १ हजार २ सय ५४.५६ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये सबै समुहको सूचक बढेको कारण नेप्से परिसूचक बढेको हो ।

कारोबारमा आएका मध्ये बैकिङ्ग र जलविद्युतको परिसूचक बढ्यो भने अन्य सबै समुहको परिसूचक घट्यो ।

सोमवार सबैभन्दा धेरै उत्पादन क्षेत्रको सूचक बढ्यो । उत्पादन क्षेत्रको सूचक १.३ढ प्रतिशतले बढ्यो । त्यस्तै सामुहिक लगानी कोषको १.३६ प्रतिशत, जलविद्युतको १.२छ प्रतिशत र होटलको १.१९ प्रतिशत बढ्यो भने अन्य समुहको सामान्य अंकले बढ्यो ।

सोमबार १ सय ७० कम्पनीको २९ लाख ७३ हजार ८ सय ४३ कित्ता शेयर किनबेच हुँदा ४३ करोड ५ लाख २५ हजार रुपैयाँ बराबरको कारोबार भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here