अमेरिकामा १८ वर्षीय किशोरले विद्यालयमा गोली चलाए, शिक्षकसहित कम्तीमा १५ जनाको मृत्यु

काठमाडौं । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको ज्यान गएको छ ।

एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी मारिएका टेक्सस राज्यका गभर्नर ग्रेग याबटलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

रब एलिमेन्ट्री स्कुलमा १८ वर्षीय बन्दुकधारीले एक प्राथमिक विद्यालयमा हमला गरेका थिए ।

पछिल्लो हमला वर्षौंपछि देशको सबैभन्दा डरलाग्दो आक्रमण हो । उक्त विद्यालयमा सातदेखि १० वर्षका बालबालिका अध्ययन गर्छन् ।

गभर्नर ग्रेग एबोटले पत्रकार सम्मेलनमा भने, ‘आक्रमणकारीले भयानक र बुझ्न नसकिने गरी १४ विद्यार्थी र एक शिक्षकको हत्या गरेको छ ।’

आक्रमणकारीको पनि मृत्यु भएको छ । कानुन पालना गराउने अधिकारीको कारबाहीमा उनी मारिएको प्रारम्भिक विवरणमा जनाइएको छ । राष्ट्रपति जो बाइडनले मृतकहरूको सम्झनामा तीन दिनसम्म राष्ट्रिय झण्डा आधा झुकाउन निर्देशन दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here