निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक

काठमाडौं, १२ जेठ । सर्वोच्च अदालतले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएको छ।

न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले निजगढमा विमानस्थल निर्माण नगर्न आदेश दिएको हो ।

रुख कटान गर्ने विषयमा सुरू भएको विवाद संसदीय समिति हुँदै सर्वोच्च अदालत प्रवेश भएको थियो। अधिवक्ता प्रकाशमणि शर्मा र रञ्जुहजुर पाँडेले सर्वोच्चमा रिट दायर गरेका थिए।

सन् १९९५ मा ८ ठाउँको सर्वेक्षण गरी निजगढमा विमानस्थल बनाउन सकिने निष्कर्ष निकालेको थियो। राष्ट्रिय योजना आयोगले २०६४ पुसमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण निजी क्षेत्रको लगानी बुट मोडलमा गर्न सूचीकृत गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here