बुद्ध एयरको अफर: एप र वेवसाइटबाट टिकट खरिद गर्दा छुट

काठमाडौं, ३० असार । बुद्ध एयरलाइन्सले राष्ट्रिय उडानमा लागु हुनेगरी मोबाइल एप र वेवसाईटबाट टिकट खरिदमा छुट हुने अफर ल्यायको छ ।

बुद्ध एयरले मोबाइल एपबाटै टिकट काट्नेलगायतका विभिन्न सुविधा प्रदान गर्दै आएको कम्पनीले बताएको छ । यो मोबाइल एपमार्फत घरमै बसेर केही क्लिक गरेकै भरमा आफूलाई चाहिएको गन्तव्यको टिकट खरिद गर्न सकिने व्यवस्था रहेको छ ।

मोबाइल एपमार्फत यात्रुले सजिलै आफ्नो वा आफन्तको उडानबारे सजिलै जानकारी लिनसक्ने कम्पनीले बताएको छ ।

मोवाइल एपबाट भाडादर, उडान तालिका एवं समय परिवर्तन, उडानको अवस्थालगायत पर्यटकीय गन्तव्यहरुबारे विस्तृत जानकारी लिन सकिन्छ । एयरलाईन्स वा ट्राभल एजेन्सीमार्फत काटेको टिकट कोडमार्फत मोबाइलमै हेर्न सकिने व्यवस्था रहेको छ ।

एपमा नेपाली र विदेशी दुवैले टिकट काट्न पाउने व्यवस्था रहेको छ । नेपाली र भारतीयलाई एउटा भाडादर र तेस्रो मुलुकका नागरिकलाई डलर भाडादर भएको कम्पनीले बताएको छ ।

बुद्धका साना ठूला गरी १२ वटा जहाज सञ्चालनमा छन् । बुद्धसंग ७२ सिटका एटीआर विमान ७ वटा, ४७ सिटका ३ वटा र १८ सिटका २ वटा जहाज सञ्चालनमा छन् ।

कम्पनीसंग ७ वटा एटीआर ७२–५००, ३ वटा एटीआर ४२–३२० र २ वटा विचक्राफ्ट १९००डी रहेका छन् ।

भारतको बनारसमा उडान भर्दै आएको बुद्ध एयरले एटीआर ७२–५०० बाट कोलकोता उडान पनि पनि गरिरहेको छ । हाल राष्ट्रियस्तरमा बुद्धले काठमाडौँबाट पोखरा, भद्रपुर, भैरहवा, भरतपुर, विराटनगर, धनगढी, जनकपुर, नेपालगन्ज, तुम्लिङटार, सिमरा, सुर्खेतमा उडान भर्दै आएको छ ।

त्यसैगरी कम्पनीले काठमाडौँबाट एभरेस्ट एक्स्पेरियन्स, पोखरा माउन्टेन फ्लाइट (एक्स्पेरियन्स अन्नपूर्ण)को उडान पनि गर्दै आएको छ । बुद्धले हरेक दिन ५ दर्जन जति उडान भर्ने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here