नागमतीमा उच्च बाँध, वर्षाको पानी जम्मा गरी हिउँदमा वहाव सिर्जना गरिने

फाइलफोटो

काठमाडौं, १५ जेठ । नागमतीमा उच्च बाँध निर्माण गरी काठमाडौं उपत्यकाका लागि हिउँदमा पानीको व्यवस्था गरिने सरकारले बताएको छ ।

आगामी आर्थिक वर्ष २०७९/८०को बजेटमा अर्थमन्त्री जनार्दन शर्माले यस्तो कार्यक्रम घोषणा गरेका हुन् ।

त्यसो त यो नयाँ कार्यक्रम भने होइन । एक दशकभन्दा अघिदेखि वर्षाको पानी जम्मा गरेर हिंउँदमा प्रयोग गर्नका लागि यस्तो योजना चर्चामा छ ।

त्यसै गरी नदीको बहाव क्षेत्र संरक्षण गर्ने र त्यसमा बायो इञ्जिनियरिङको प्रविधि अपनाउने पनि शर्माले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here