निर्यात प्रवर्द्धन गर्दै सरकार, यस्ता उद्योगलाई करमा छुट

काठमाडौं, १७ जेठ । सरकारले आगामी आर्थिक बर्षदेखि विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको छ ।

सरकारले आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित विभिन्न उद्योगहरुलाई कर तथा अन्त:शुल्कमा छुट दिने भएको हो ।

जसअनुसार कृषि कार्यका लागि आवश्यक यन्त्र उपकरण वा पाटपुर्जा उत्पादन गर्ने कृषि औजार कारखाना या उद्योगलाई आयकर पूर्ण रुपमा छुट दिने भएको छ ।

यस्तो उद्योग स्थापना गरेमा कारोबार सञ्चालन भएको मितिले ५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने व्यवस्था मिलाएको हो ।

त्यसैगरी कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लाहरुमा १ सय जनाभन्दा बढी नागरिकलाई प्रत्यक्ष रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा त्यस्ता उद्योगहरुलई पनि सरकारले छुट दिने निर्णय गरेको छ ।

त्यस्ता उद्योगले कारोबार शुरु गरेको मितिले १५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिने व्यवस्था आगामी आवदेखि गरिने छ ।

सरकारले अपांगता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामग्रीको उत्पादन गर्ने उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थको भन्सार महसुलमा उद्योग विभागको सिफारिसमा पूर्ण छुट दिने व्यवस्था मिलाएको छ ।

त्यसैगरी अपांगता भएका व्यक्तिले प्रयोग गर्ने यूरिन व्यागमा भन्सार महशुल पूर्ण रुपमा छुट दिने व्यवस्था सरकारले गरेको छ ।

प्याडको आयातमा लाग्दै आएको भन्सार स्यानिटरी प्याड उत्पादन गर्नका लागि आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने बताइएको छ ।

त्यसैगरी नेपालमा चार पांग्रे सवारी साधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारी साधन उत्पादनका लागी चाहिने पाटपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिसमा ५० प्रतिशत अन्त शुल्क छुट दिइने छ । साथै भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।

त्यसैगरी विद्युतीय रिक्सा र विद्युतीय मोटरसाइकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ वा पाटपुर्जामा १ प्रतिशतमात्र भन्सार महसुल लाग्ने व्यवस्था मिलाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here