उपत्यकामा खानेपानी वितरणको तालिका हेरफेर (तालिकासहित)

काठमाडौं, १८ जेठ । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण बन्द भएको छ।

अस्थायी संरचनाबाट पानी पुनः काठमाडौं ल्याउन थालिएको भएपनि वर्षाले आयोजनास्थलमा थप क्षति नपुगोस् भन्ने उद्देश्यले पानी नियमित ल्याउन रोकिएको हो ।

पानी परेर टनेलमा धमिलो पानी प्रवेश गर्न थालेपछि ढोकालाई विस्तारै बन्द गर्न सुरु गरिएको हो।

ढोका बन्द भएपछि मेलम्चीको पानी महाँकालचौर पानी भण्डारण पोखरीमा आउन छाडेको छ।

मेलम्चीको पानी आउन छाडेसँगै महाँकालचौर शाखाले सुन्दरीजल मुहान र गोकर्ण डिप बोरिङबाट संकलन हुने खानेपानी वितरणको नयाँ तालिका सार्वजनिक गरेको छ ।

खानेपानीको उपलब्धताको आधारमा खानेपानी वितरण तालिकामा केही परिमार्जन गरिएको र यसबाट उपभोक्ता वर्गमा पर्न गएको असुविधा प्रति कार्यालयले क्षमा याचना गरेको छ ।

मेलम्ची खोलाको पानीलाई अस्थायी तरिकाले पथान्तरण गरी गत वैशाख ११ गतदेखि काठमाडौ उपत्यकामा वितरण गरिएको थियो ।

०७७ चैतमा पहिलोपटक मेलम्चीको पानी काठमाडौंका घर-घरमा वितरण गर्न थालिएको थियो।

०७८ असार १ मा मेलम्चीमा आएको बाढीले आयोजनामा क्षति गरेपछि लामो समयदेखि पानी ल्याउन सकिएको थिएन।

मेलम्चीमा अस्थायी संरचनाबाट पुन: पानी ल्याउन थालिएको थियो। वैशाख दोस्रो सातादेखि काठमाडौंका घर-घरमा पुन: मेलम्चीको पानी आउन थालेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here