फेसबूक अकाउण्ट डिलिट गर्नुस, खुशी रहनुस

काठमाडौं । फेसबूकले यसका प्रयोगकर्तालाई राम्रो महसुस गर्न नसघाउने हालै गरिएको एक नयाँ अध्ययनले देखाएको छ । यसको लत लागेर अन्य महत्वपूर्ण काम तथा सम्बन्ध बिगार्ने निश्कर्ष त यसअघिकै अध्ययनले देखाइसकेका छन् ।

त्यसैले खुशी तथा ताजापन महसुश गर्नका लागि फेसबूक अकाण्ट डिलिट गर्न विज्ञहरुले सुझाव दिएका छन् । फेसबुकमार्फत मानिसहरु विस्तारै विभिन्न प्रकारका खेल तथा आदतमा लाग्ने संभावना बढ्दै गएको उनीहरुको भनाइ छ । यो चर्चित सामाजिक सञ्जालले आफ्ना प्रयोगकर्तालाई इंगेज गराइराख्न विभिन्न खालका गतिविधि तथा स्किमहरु चलाइरहने र त्यस्ता स्किमले ‘स्लो ड्रग’को जस्तै काम गर्ने उनीहरु बताउँछन् ।

सो अध्ययनले फेसबूक छाडेपछि मासिहरुको व्यवहारमा परिवर्तन आउने र उनीहरुको मानसिक तथा शारीकि अवस्था पनि राम्रो बन्ने बताएको छ । यसले सकेसम्म फेसबूकको प्रयोग नै नगर्न सुझाव समेत दिएको छ ।

स्टानफोर्ड विश्वविद्यालय र न्यू योर्क विश्वविद्यालयले गरेको ‘सामाजिक मिडियाका कल्याणकारी प्रभाव’ नामक सो अध्ययनले फेसबूक लग अफ गरेपछि प्रयोगकर्तामा कस्तो प्रभाव देखिन्छ भन्ने कुराको विस्तृतमा खोज गरेको छ । लग अफले प्रयोगकर्ताको स्वास्थ्यमा सुधार ल्याउने, राजनीतिको नचाहिंदो बहसमा कम ध्यान जाने, झिज्याहट कम हुने र साथी तथा परिवारलाई धेरै समय दिन सकिने लगायत फाइदा हुने अध्ययनको निश्कर्ष छ । खासगरी कतिपय समाचारको बारेमा जानकारी नलिंदा मानिसको मानसिक स्थितिमा सकारात्मक प्रभाव पर्ने अध्ययनले बताएको छ ।

सामाजिक मिडियाको प्रभाव पत्ता लगाउन अनुसन्धानकर्ताहरुले २,८४४ फेसबूक प्रयोगकर्तालाई अध्ययनमा समावेश गरेका थिए जसमध्ये आधालाई अस्थायीरुपमा फेसबूक अकाउट डिएक्टिभ गर्न लगाइएको थियो । उनीहरुको फेसबूक अकाउण्ट अनुगमन गरिएको थियो र वीचवीचमा उनीहरुलाई एसएमएस गरेर उनीहरुको सोच तथा स्थितिको अपडेट लिइएको थियो ।

फेसबूक अकाउण्ट डिएक्टिभेट गर्दा प्रयोगकर्ताको खुशी, जीवनप्रतिको सन्तुष्टिमा वृद्धि भएको र डिप्रेसन र चिन्ता कम भएको देखिएको छ । केही प्रयोगकर्ता त अध्ययनकै क्रममा फेसबूक छाड्नेसम्मको अवस्थामा पुगेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here